ताजा अपडेट »

शान्ति समाजद्वारा नवलपरासीको कारागार अनुगमन

मंगलबार, ०४ कार्तिक २०७७, १८ : ०६
6 Shares

बुटवल । मानव अधिकार तथा शान्ति समाजले नवलपरासीको कारागार कार्यालयमा अनुगमन गरेको छ । कोरोनाले कारागारमा पारेको प्रभाव, कैदीहरुको खानेपानी अवस्था, विरामी कैदिहरुको उपचारलगायत विषयलाई लिएर स्थलगत अनुगमन गरेको हो । समाजले अन्य सरोकारवालाहरुसगँ छलफल समेत गरेको छ ।

केन्द्रीय वरिष्ठ उपसभापति गोबिन्द खनालको नेतृत्व गएको टोलीले स्वास्थ्य सम्वन्धी मौलिक हक हनन् गर्न नमिल्ने भन्दै उनीहरुले पनि आम नेपाली सरह स्वास्थ्य सुविधा पाउनु पर्ने बताए । कारागार भित्र सामान्य लक्ष्मणहरु जस्तै ः रुघाखोकी, ज्बरो आएकाहरुलाई तत्काल कोरोना परीक्षण गनुपर्नेमा त्यो नगरिएको अनुगमनपछि उनले बताए ।

कारागारमा कोरोना पोजेटिभ देखीएका दुई जना बन्दी मध्ये एक जना प्यरालाइस् भएका विरामी छन् ।हाल ति कोरोनाका विरामीलाई कारागारमा नै रहेका दुई जना कैदीहरुबाट स्याहार सूसार गराउदाँ थप कोरोनाको खोजीम बढ्न सक्ने भएकोले सर्तक रहदै सुरक्षीत रुपमा विरामीको उपचार गर्ने व्यवस्था कारागर प्रशासनले गर्नु पर्ने खनालले बताए ।

यस्तै कैदीहरुले पिउने पानी व्यवस्था राम्रो नदेखीएको भन्दै उचित प्रबन्ध मिलाउन अनुगमन टोलीले आग्रह गरेको छ । शान्ति समाजले कैदी संख्याका अधारमा कारागारमा स्वास्थ्यकर्मी संख्या वृद्धि गनुपर्ने आवश्यकता औल्याएको छ । कारागरमा खटिएका स्वास्थ्यकर्मी अहेव लक्ष्मण प्रसाद कंडेलका अनुसार हालसम्म ५ जनामा मात्र कोरोना परीक्षण गरिएको छ । जेलको क्षमता २५ महिला र १५० पूरुष गरी १ सय ७५ भएपनि हाल क्षमता भन्दा धेरै रहेका छन् । हाल एक नावालक सहित ६२ महिला ३७९ जना पूरुष रहेका कारागार प्रशासनको तथ्याङ्गमा उल्लेख छ ।

अनुगमनमा शान्ति समाज केन्द्रीय विभागिय संयोजक कुलदिप आचार्य, जिल्ला सभापति शन्तोष अधिकारी, सचिव गणेश शर्मा लगायतको टोली रहेको थियो । सो अवसरमा जेलर(कारागार प्रशासन)जगत बहादुर बस्नेतले कोरोनापछि बन्दीहरुको भेटधाट बन्द गराएको जानाकारी गराउदै गृह मन्त्रालयको कार्यविधी अनुसार कारागारमा बन्दीहरुको व्यवस्थापन गरिएको दावी गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।