ताजा अपडेट »

बबई नदीमा डुबेर ७ वर्षीया बालिकाको मृत्यु

मंगलबार, ०४ कार्तिक २०७७, १७ : २३
6 Shares

तुलसीपुर । दाङको बबई नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१४ लुहाडबरा निवासी रत्न चौधरीकी ७ बर्षिया छोरी कृतिका चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

मंगलवार दिउँसो आमाछोरी बबई नदीमा कपडा धुन गएको समयमा छोरीको डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्याल तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले बताए । मृतक बालिकाको आमाले कपडा धुदै गर्दा छोरी बबई नदीमा खसेर डुवेको अवस्थामा पछि थाहा पाएपछि तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागी लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

मृतक बालिकाको शवलाई पोष्टमार्टमका लागी अस्पतालको शव गृहमा राखीएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।