ताजा अपडेट »

कोरोना कहरका बीच बडादशैं

मंगलबार, ०४ कार्तिक २०७७, १९ : ११
18 Shares

सन् २०१९ मा चाइनाको वुहान सहरलाई इपिसेन्टर बनाएर मानवजातिमा नोभेल कोरोना भाइरस कोभिड–१९ नामक भाइरसको संक्रमण सुरु भएको थियो । सुरुका दिनमा यस भाइरसले चीनको वुहान सहरमा महामारीको रुपमा लिएको थियो । त्यसपछि क्रमशः यो भाइरस फ्रान्स, इटली, इरान, दक्षिण कोरिया, भारत, अमेरिका, मलेुसिया, स्पेन, जर्मनी, अष्ट्रेलिया साथै अन्य विभिन्न देशहरुमा फैलिएको यस भाइरस हालसम्म २१५ वटा देश र २ वटा पानी जहाजमा समेत कोरोना भाइरस फैलिएको छ । यो रोग पछिल्लो समयमा महामारीका रुपमा फैलिएको यो रोगबाट सारा विश्व नै आक्रान्त भइरहेको छ ।

नेपालको सन्दर्भमा ९ जनवरी २०२० मा चाइनाको वुहान सहरबाट नेपाल फर्केका एकजना विदेशीमा पहिलो पटक कोरोना भाइरस पत्ता लागेको थियो । अहिले नेपालका सबै ७७ वटा जिल्लाहरुमा यस रोग फैलिएको छ । पछिल्लो केहीदिनदेखि कोरोना भाइरस समुदाय स्तरमा समेत बढ्दो क्रममा फैलिएको छ यसरी समुदाय स्तरमा कोरोना भाइरस फैलिँदै गयो । पछिल्लो समयममा दैनिकजसो ३ देखि ४ हजारका नयाँ बिरामीहरु भेटिएका छन् । कोरोना नियन्त्रणका लागि नेपाल सरकार लगाएको लकडाउन नेपाल सरकारले करिब ७ महिना लामो लकडाउन पछिल्लो समयमा खुकुलो पारेसँगै नयाँ बिरामीहरु पनि थपिने क्रम बढ्दो रुपमा गएको छ । दैनिकजसो मृत्यु हुने संख्या पनि बढ्दो क्रममा छ लकडाउन खुलेपछि बजारमा चहलपहल पनि दिनदिनै बढ्दै गइरहेको यसरी भिडभाड बढिरहँदा कोरोना संक्रमण फैलिने सम्भावना बढि नै छ । मानिसहरु कहिलेसम्म घरमा बन्दी भएर बस्ने भनेर बाहिर हिड्न थालेसँगै कोरोना भाइरस पनि बढ्दै गएको छ । यता नेपालीहरुको महान पर्व दशैं, तिहार आएसँगै बजारमा चहल–पहल पनि दिन–दिनै बढ्दै गएको छ ।

यस वर्षको दशंै २०७७ साल कार्तिक १० गते परेको छ । तर, विगतका वर्षहरु जस्तो यसपालीको दशै हर्ष उल्लास र रमाइलो भने हुने छैन । घटस्थापनाको दिनदेखि सुरु भएको दशंै दशमीका दिन मान्यजनको हातबाट टिका लगाई पूर्णिमाको दिन विसर्जन गरिन्छ । परम्परागत रुपमा मनाउँदै आएको संस्कृति बचाउन स्वास्थ्य सचेतनासहित कोरोनाबाट सुरक्षित भई भिड–भाड नगरी दशैं पर्व मनाउन सरकारले मापदण्ड बनाएको छ । नवरात्रीको पहिलो दिन घटस्थापना पर्दछ यस दिनमा घर घरमा जमरा राख्ने गरिन्छ । दशैंको नवौ दिनको नवरात्रमा देशका विभिन्न शक्ति पिठहरुमा पूजा गरिन्छ । तर, यस वर्ष कोरोना भाइरसका कारण शक्तिपिठहरुमा भिडभाड तथा रमाइलो भने हुने छैन ।

दशंैको अन्तिम दिन अर्थात् दशमीको दिन आफूभन्दा ठूला मान्यजनको हातबाट टिका जमरा लगाउने तथा दक्षिणा पनि लिने चलन पनि छ । लामो समय आफ्नो परिवारबाट टाढा भएका आफ्ना परिवार पनि दशैंको बेलामा घरमा जम्मा हुने रमाइलो गर्ने भेटघाट गर्ने चलन पनि रहेको छ । तर, यसवर्ष विगतका वर्षमा जस्तो रमाइलो भने हुने छैन । सरकारले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि सबै नागरिकहरुले यसपटकको पर्वलाई सुरक्षित भएर आफ्नो परिवार र समाजको स्वास्थ्य रक्षाका लागि पनि थप सतर्कता अपनाई दशैं पर्व घरमै मनाउन आग्रह गरे बमोजिम सबैले अनिवार्य रुपमा सरकारले भनेको स्वास्थ्य मापदण्ड अपनाई घरमै बसेर दशै मनाउन अनिवार्य छ । दशै पर्वलाई असत्य माथि सत्य विजयको रुपमा मनाउने गरिन्छ । यस पर्वमा सराय नाँच पनि नाच्ने गरिन्छ । एकातिर कोरोना महामारीका कारण दशै मनाउन पाईने नपाईने अन्योलमा सबै नागरिकहरु चिन्तामा छन्भने अर्कोतिर दशै पर्व आएपनि कोरोनाले गर्दा दशैंको रौनक निकै नै कम रहेको छ ।

दशै–तिहारको बेलामा एक महिना अगाडि जन्मथलोमा आमा बुबाको आर्शिवादसँगै टिका लगाउन गाउँ जानेहरुको भिडभाड देखिन्थ्यो । बसपार्कमा महिनौ दिनदेखि अग्रिम टिकट काट्नेको भिडबाड हुन्थ्यो । सहर छोडी गाउँमा जानेहरुको चहलपहल एकदमै बढि देखिन्थ्यो सहर सुनसान गाउँघरमा मालश्री धुन सगँसगै साथीहरु आफन्तजनहरुसँग रमाइलो हुन्थ्यो । यसपाली कोरोनाले गर्दा आफन्तसँग पनि टाढा भई बस्नु परेको छ । आफ्नै घरका सदस्यहरु पनि आइसोलेसनमा त कतिपय सदस्हरु अपस्पतालको बेडमा उपचार गराई रहनु परेको छ । दशै त आयो तर, खै के आयो बिना हर्षको आयो अत्तो न पत्तो नहुनेगरी आयो । सरकारले यसपालि दशैं–तिहार पर्व मनाउँदा कोरोना जोखिमलाई ख्याल गर्दै नागरिकलाई सकेसम्म आफ्नै घरमा कहि कतै नगई घरमा नै टिका लगाई आर्शिवाद लिन आग्रह गरेको छ ।

भिडभाडबाट कोरोना सर्ने सम्भावना प्रवल हुने भएकाले दशैंलाई यथास्थानमा मनाउन सरकारले आम नागरिकलाई आग्रह गरेको छ । दशैंमा आफूभन्दा ठूलाको हातबाट टिका लगाउने चलन साथै आर्शिवाद लिने जमरा लगाउने प्रचलन भएकाले उनीहरुको हातबाट टिका लगाउन जादा कोरोना सर्ने सम्भावना अझ बढी हुने तथा बृद्ध अवस्था रहेका बुबा–आमाहरुलाई कोरोना सर्ने सम्भावना बढी हुन्छ । दिर्घ रोगीहरुलाई यस भाईरसले आक्रमण गर्यो भने सन्चो हुन निकै नै गार्हाे रहेको छ । अर्कोतर्फ सरकारले जारी गरेको नियम सबैजनाले पालना गर्दछन् भन्ने पनि कुनै आधार छैन । वर्ष दिनमा एक पटक आउने पर्व हो भन्दै टिका लगाउने पक्कै पनि आमनागरिकहरु हिड्दछन ।
एकथरी मानिसहरु कोरोनाबाट बल्ल–तल्ल सुरक्षित भएकाहरु अर्को वर्ष आमाबुबाको हातबाट टिका लगाउन पाइन्छ कि पाइँदैन भनि भनेर जेसुकै होस् भनेर यसपालि टिका लगाएरै दशै मनाउन पर्छ भनेर आफ्नो गन्तव्यमा जसरी पनि जान सक्दछन् । दशैं मनाउने क्रममा सावधानी अपनाउन आग्रह गरिएको छ । जो जहाँ जुन अवस्थामा भए पनि आफु , आफ्नो परिवार र समाजको स्वास्थ्यको लागि यसपालीको पर्वहरु घरमै बसि कतै नगई सुरक्षित साथ मनाउनु अति उत्तम हुन्छ ।

अन्त्यमा मानिसको सबैभन्दा ठूलो सम्पत्ति भनेको व्यक्ति आफै पूर्ण रुपमा स्वस्थ्य हुनु नै हो । यसपाली कोरोना भाइरसबाट बच्न सकियो भने दशैं तिहार जस्ता मेला पर्वहरु अर्को वर्ष हर्ष उल्लासका साथ बुबा–आमा दाजुभाई दिदिबहिनी आफन्तजनहरुको साथमा रमाइलो साथमा मनाउन सकिन्छ । दशैं–तिहार हरेक वर्ष आउने पर्वहरु हुन् । यसपाली कतैपनि नगई सुरक्षित साथमा घरमा बसेर मनाउन नेपाल सरकारले आग्रह गरेको छ । सरकारले भनेको मापदण्डमा बसि सबै सुरिक्षत भएर घरमै बसेर पर्वहरु मनाउनु पर्छ । मानिस जीवित रहयांै भने पर्वहरु अर्को वर्षपनि मनाउन सकिन्छ स्वास्थ्य भन्दा ठूलो कुरा अरु केही हुँदैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।