ताजा अपडेट »

लुम्बिनीका चारवटै कोरोना अस्पतालमा संक्रमितको नि:शुल्क उपचार

मंगलबार, ०४ कार्तिक २०७७, १० : ४४
8 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क व्यवस्था यथावत् रहेको बताएका छन् । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, 'लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत् रहेको छ ।' प्रदेशको बुटवल, भैरहवा, दाङ र बाँकेमा कोरोना विशेष अस्पताल रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।