ताजा अपडेट »

एक कारसहित १५ लाख बढीको अवैध मालसमान बरामद

सोमबार, ०३ कार्तिक २०७७, १९ : २४
6 Shares


परासी । प्रहरीले अवैध सामान ओसार–पसारमा संलग्न १ कार सहित १५ लाख ५० हजार ३ सय मूूल्य बराबर अवैध मालसामान जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले दिउँसो १४ः३० बजेको समयमा बर्दघाट नगरपालिका वडा नं. ४ टिसिएन चोक स्थितमा बा ६ च ५४०८ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको हुट , ज्याकेट,टाउजर, सर्ट , पाइन्ट लगायतका बिभिन्न कपडाहरु फेला पारी उक्त गाडी सहित बरामद गरेको छ । उक्त कपडाको अनुुमानित मूूल्य २ लाख ५७ हजार ४ सय र कारको अनुुमानित मूूल्य ११ लाख गरी जम्मा अनुमानित १३ लाख ५७ हजार ४ सय मूूल्य बराबर रहेको छ । बरामद कपडा र गाडी आवश्यक कारवाहीको लागि सोमबार महेशपुर भन्सार कार्यालय बुझाइएको छ

पश्चिम नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसीको निर्देशनमा चाड पर्वका लागि बिशेष सतकर्ताअपनाउँदै चेकजाँचको क्रममा कारसहित मालसमान पक्राउ परेको हो । दशै नजिँकदै गर्दा हुनसक्ने अप्रिय घटना तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र तस्करी न्यूनिकरण गर्नका निमित्त समेत पश्चिम नवलपरासीमा व्यापक प्रहरी परिचालन गरिनुको साथै प्रहरीले बिशेष सतर्कता बढाएको हो ।

यसैगरी एसपी केसि कै बिशेष निर्देशनमा प्रहरीले त्यसैगरी दिउँसो समयमा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको १ लाख २४ हजार २ सय मूल्य बराबरको प्याज, मसुरो, घासको बिउ, तोरीको बिउ लगायतका सामान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. १० भुताहा चोकबाट बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फालि मोटरसाईकल लिई मानिस भागेका थिए ।

त्यसैगरी दिउँसो १३ः०० बजेको समयमा भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको अं. ६८ हजार ७ सय मुल्य बराबरको पित्तलको दियो, कचौरा,सिल्भरको जग, कालो प्लाष्टिक लगायतका सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं. ०१ झरहि खोलाबाट बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखी ल्याउँदै गर्दा प्रहरी टोलीलाई देखि सामान फालि मोटरसाईकल लिई मानिस भागेका थिए । बरामद सम्पुर्ण सामान आजै आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी राजु लामाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।