ताजा अपडेट »

पत्रकार लुटपाट, घटनाप्रति भर्त्सना

सोमबार, ०३ कार्तिक २०७७, १७ : ०२

तुलसीपुर । दाङको तुलसीपुरमा रहेको रेडियो हाम्रो पहुँच एफएममा कार्यरत पत्रकार सविता सुनारमाथी भएको लुटपाटको घटनाप्रति हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले दुख व्यक्त गरेको छ । संस्थाले सोमबार एक विज्ञप्ती जारी गरी आईतबार साँझ कार्यालयको काम सकेर घर फर्कने क्रममा सुनारमाथी भएको लुटपाट घटनाको भत्र्सना गरेको छ ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारी र सचिव ऋषिराज पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा संलग्न दोषिको तत्काल पहिचान गरी यथाशिघ्र कारबाहीको माग गरिएको छ । ओम शान्ती चलचित्र अगाडी आईतबार बेलुकी सात बजे अज्ञात समुहले सुनारको साथबाट मोबाईल सहित केहि गरगहना लुटपाट गरेको हो । घटना भएको स्थान लुम्बिनी प्रदेश प्रहरी कार्यालय करिब १०० मिटर नजिक यस्तो घटना हुनु लज्जास्पद हो जारी विज्ञप्तीमा भनिएको छ । प्रहरी कार्यालय नजिक पनि नागरिक असुरक्षित हुनुपर्ने भन्दै शान्ति सुरक्षा चुस्त राख्न माग गरिएको छ ।

विज्ञप्तीमा घटनाका दोषिलाई पहिचान हुन नसके झन् यस्ता घटना बढ्दै जाने भएकाले तत्काल पहिचान गरी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन संग माग गरिएको छ । यसैबिच रेडियोका स्टेशन म्यानेजर बसन्त पौडेल र सम्पादक जीतसागर जीएमले पनि घटनाका दोषिलाई कार्बाहीको माग गरेका छन् । समाचार शाखामा कार्यरत पत्रकार सुनारमाथि भएको लुटपाटमा संलग्न दोषिलाई पहिचान गरी कार्बाहीको माग गरिएको हो ।

साथै रेडियो र नेपाल पत्रकार महासंघ दाङ शाखाको नेतृत्वमा पत्रकारको टोलीले घटनाप्रति ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिब बहादुर सिंहको ध्यानाकर्षण गराएका छन् । उनीहरुले तत्काल दोषी पहिचान गरी कारवाही गर्न माग गरेका छन् । डिएसपी सिंहले घटनाको बारेमा थप अनुसन्धान भईरहेको र दोषी चाडै नै पहिचान हुने आश्वासन दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।