२१ असार २०७९, मंगलवार

Jul 5, 2022

बुटवल । रुपन्देही व्यापार संघले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार गर्ने दायित्वबाट सरकार पछि हट्ने भनि गरेको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

सोमवार संघका अध्यक्ष यमलाल लोहनीले जारी गरेको विज्ञप्तिमा सरकारले जनताको जिवन रक्षामा ध्यान केन्द्रीत गरी जिम्मेवार बन्नु पर्ने अवस्थामा ठिक उल्टो हात उठाएर परीक्षण र उपचारमा संलग्न नहुने घोषणा गर्न पुगेको घटनालाई सरकारको नागरिकप्रति गैर जिम्मेवार बनेको बताएको छ । संघले यो नीतिले कोरोनाको परीक्षण र उपचारमा प्रभाव पर्ने एवं कोरोनाले भयावह निम्त्याउने उल्लेख गर्दै सरकारलाई आफ्नो यो निर्णय तत्काल फिर्ता गरी आम नेपालीको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न जोडदार माग गरेको छ ।

विज्ञप्तिमा सरकारको पछिल्लो निर्णय कानून र सर्वोच्च अदालतको आदेश विपरीतसमेत रहेको उल्लेख गर्दै कोरोनाको महामारीका बेला जनताको उपचारमा पर्याप्त ध्यान दिन नसक्ने सरकारले सांसदहरुलाई दशै भत्ता र अन्य सुविधा दिने काम गरेकोमा आपत्ति प्रकट गरिएको छ । संघले विज्ञप्तिमार्फत उद्योगी व्यवसायीहरुबाट उठाएको राजश्वलाई राष्ट्र र जनताको हितमा लगानी गर्नुपर्ने अवस्थामा व्यक्तिगत लाभमा बाडफाड गर्ने जुन काम भएको छ त्यो तत्काल बन्द गरी दशैभत्ता खारेज गर्न समेत माग गरिएको छ ।

संघले सम्पूर्ण तहका सांसद, स्थानीय जनप्रतिनिधिले महामारीको अवधिमा तलब भत्ता नलिने घोषणा गर्न तथा स्वास्थ्य र सुरक्षावाहेकका कर्मचारीको काम घटेको अवस्थामा हाल खाइपाइ आएको तलव भत्ता कटौती गरी सर्वसाधारणको उपचारमा खर्च गर्न पनि आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

आलुको बोरामा भेटियो करिब ८४ लाख अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ? नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च