ताजा अपडेट »

रोटरीद्वारा यातायात कार्यालय र विमानस्थलमा स्वास्थ्य सामग्री प्रदान

सोमबार, ०३ कार्तिक २०७७, १६ : २०
10 Shares

बुटवल । रोटरी क्लब अफ रुपन्देहीले कोभिड- १९ विशेष स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लबले यातायात व्यवस्था कार्यालय, तिलोत्तमा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवालाई तानसेन सिमेण्टको सहयोगमा अटोमेटिक हेण्ड सेनिटाइजर डिस्पेन्सर प्रदान गरेको हो । तानसेन सिमेण्टको सहयोगमा क्लबले केहिदिन यता रुपन्देहीका बुटवल, तिलोत्तमा, भैरहवा लगाएतका क्षेत्रका सार्वजनिक स्थलमा अटोमेटिक हेण्ड सेनिटाइजर प्रदान गर्दै आएको छ ।

क्लबले सामाजिक दायित्व अन्तर्गत बढी भिडभाड र कोरोना जोखिम क्षेत्रमा अटोमेटिक हेण्ड सेनिटाइजर, मास्क लगाएतका स्वास्थ्य सामग्री वितरण गर्दै आएको क्लबका अध्यक्ष गौतम भुषालले जानकारी गराए । सोही क्रममा सोमबार तिलोत्तमा स्थित यातायात व्यवस्था कार्यालय र भैरहवा स्थित विमान स्थलमा मेशिन जडान गरेको हो ।

रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटान जोन-१८का असिष्टटेण्ट गर्भनर धुर्वकुमार धितालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबका पूर्वअध्यक्ष हरिप्रसाद न्यौपाने, निर्वाचित अध्यक्ष रामप्रसाद खरेल लगाएतको उपस्थिति रहेको थियो । सो अवसरमा यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख कृणप्रसाद पन्थीले यस्तो किसिमको सहयोगले सेवाग्राहीहरुलाई सुरक्षा सतर्कतामा टेवा हुने बताउँदै सहयोगी तानसेन सिमेण्ट र रोटरी क्लब अफ रुपन्देहीलाई धन्यवाद ज्ञापन गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।