ताजा अपडेट »

सहुलियत दरमा चिनी र नुन बिक्री

सोमबार, ०३ कार्तिक २०७७, १२ : २८
2 Shares

काठमाडौं । विजयादशमी, दीपावली र छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ्ग कार्पोरेशन लिमिटेड, लहानले सहुलियत दरमा चिनी र नुनको बिक्री बितरण शुरु गरेको छ ।

साल्ट्र ट्रेडिङ्ग कार्पोरेशनले चिनी प्रतिकिलो रु। ७० र नुन प्रतिकिलो रु. १८ मा बिक्री वितरण गरिरहेको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिए । गत असोज १५ गतेदेखि सञ्चालन भएको सहुलियत दरको पसल आउँदो मङ्सिर ६ गतेसम्म नियमित रुपमा खुल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।