ताजा अपडेट »

सुनको मूल्य ६ वर्ष यताकै उच्च

मंगलबार, ०१ माघ २०७५, १३ : ३५
6 Shares

माघ १,

काठमाडौं । मंगलवार सुनको मूल्य ६ वर्ष यताकै उच्च रहेको छ । मंगलवार तोलाको ६१ हजारमा कारोबार भइरहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी डलरको भाउ कमजोर हुनु र अमेरिकी अर्थतन्त्रमा गिरावट आउँदा त्यसको असर सुनमा परेको हो । सुनको भाउ अझै बढ्न सक्ने अनुमान महासंघको छ । 

सोमवार प्रति तोला ६० हजार ६ सयमा करोबार भएको छापावाल सुनको भाउ मंगलबार ४ सयले बढेर ६१ हजार पुगको छ ।त्यस्तै तेजावी सुन ६० हजार ७ सयमा करोबार भइरहेको छ ।यसअघि २०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपश्चात मूल्य घटेर ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेको छ । सोमवार प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइहरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।