१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

जाजरकोट । मुख्य सडकहरु जाजरकोट भएर जाने क्रम वृद्धिसँगै मोटरसाइकल कम्पनीका शाखाहरु स्थापना हुने क्रम बढेको छ । दुई वर्षअघि मोटरसाइकल खरिद गर्न नेपालगन्ज र सुर्खेत जाने जाजरकोटेलीहरु अहिले सदरमुकामै स्थापना भएका सोरुमबाट नै खरिद गर्ने गरेका छन् ।

Advertisement

जाजरकोट सदरमुकाम रहेको भेरी नगरपालिका भएर जाजरकोट–डोल्पा सडक खण्ड, जाजरकोट–जुम्ला र मध्यपहाडी लोकमार्ग सञ्चालन भएपछि मोटरसाइकलका सोरुम जिल्लामा भित्रने क्रम बढेको छ । जाजरकोट, रुकुम पश्चिम र डोल्पाको बीच भागमा पर्ने जाजरकोटमा अहिले सवारी साधन खरिद तथा बिक्रीको कार्य निकै बढेको छ ।

गत साउनदेखि असोजसम्म मात्र सदरमुकामबाट १२० भन्दा बढी मोटरसाइकल बिक्री भएको एमाह कम्पनीको अधिकारिका सोरुम तथा लक्की तथा आर्दश सप्लायर्सका प्रमुख नगेन्द्र शाहले जानकारी दिए ।

हालसम्म चार सय किलोमिटरभन्दा बढी आन्तरिक सडक निर्माण भएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिए । नलगाड जलविद्युत आयोजना (४१७) मेगावाट आयोजना समेत जाजरकोटमै निर्माण कार्य सुरु भएका कारण सडक तथा विद्युत लाइन विस्तार गर्न थप बल पुगेको छ ।

छिन्चु – जाजरकोट सडक भित्र ९ पुल निर्माण अन्तिम चरणमा पुगेका छन् । जाजरकोट – डोल्पा सडक खण्डमा १३ पुल निर्माण प्रक्रिया सुरु भएको सडक डिभिजन प्रमुख भट्टले बताए । जिल्लामा केन्द्रीय विद्युतको सव स्टेशन निर्माणका लागि समेत सडक अनिवार्य भएकाले अहिले सडक निर्माण कार्य तीव्र पारिएको छ । विदेशी तथा स्वदेशी पर्यटकहरु समेत जिल्ला आउन सहज भएको छ ।

जिल्लाका आन्तरिक सडकमा समेत कालोपत्रको काम सुरु गर्न लागिएको वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले निजी क्षेत्र पनि जाजरकोटमा सशक्त हुँदै गएको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

विद्युत प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य नेपालले भारतलाई बेच्यो एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भैरहवा स्थित भिम अस्पतालका कर्मचारीद्वारा आन्दोलनका कार्यक्रम घोषणा