ताजा अपडेट »

सीमाबाट हाका–हाकी तस्करी,जनप्रतिनिधिनै कारोबारी

आइतबार, ०२ कार्तिक २०७७, १९ : १४
50 Shares

भैरहवा । सीमा जोडिएको कारण रुपन्देही प्रहरीहरुको लागि आकर्षक क्षेत्रको रुपमा मानिएको छ । जो कोहीपनि यहाँ आउन लालयित हुन्छन् र माथि नै आकर्षक नजराना बुझाएर रुपन्देही आउँछन् भन्ने पनि छ । माथिनै रकम बुझाए पछि उनिहरुको त्यसको भरपाईको लागि सीमा क्षेत्रमा अवैध कारोबार गर्न स्विकृति दिएका हुन्छन् । तर,पहिलेको काम गराई र अहिलेको काम गराईमा अलि फरक भएको छ । पहिला चोरी निकासी र तस्करी पनि लुकिछिपी गर्ने र गराइन्थ्यो भने अहिले त्यो नियम विपरित लाग्ने गरि हाका– हाकी हुने गरेको छ ।

भैरहवादेखि मर्चवार दिउँसोमै हजारौको संख्यामा साइकल र मोटरसाइकल तस्करीमा संलग्नमा रहेपनि प्रहरीले आँखा चिम्लेको छ । मर्चवारमा बिशेषगरी मटर दालको तस्करी भई रहेको छ । मर्चवार जाने बाटोमा बिना कुनै अवरोध साइकल र मोटरसाइकलमा निर्वाध रुपमा तस्करी भई रहेको छ ।

अधिकांश कारोबारी कोटहीमाई र मर्चवारी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि नै रहेका छन् । मर्चवारका प्रायः सबै प्रहरी चौकीहरुमा लाईन दिएर नै मटर र दालको कारोबार निर्धक्क सञ्चालन भई रहेको छ । प्रहरीले काम गरेका देखाउन केही क्विन्टल मटर वा दाल प्रहरीले समात्न दिने गरेको नाम नबताउने शर्तमा कारोबारीहरु नै बताउछन् । मटर कारोबारको लागी मर्चवारको दुर्गौलिया, कदमहवा, बगौली, अमवा, हरिनगढ, करौता लगायत नामूद रहेका छन् ।

मटर मात्र हैन प्रहरी चौकी हाटी बनगाई, दुर्गौलिया र भैरहवामा रहेको प्रहरी चौकी पिपरहिया मातहत पर्ने क्षेत्रहरुमा कपडा, चिनि, हार्डवेयर किरानामा समान लाईन दिएर नै वारिपारी हुने गरेको छ । दुर्गौलियालाई केन्द्र बनाई तस्करी गर्नेमा मूख्य रुपमा आकाश भन्ने रहेको कारोबारीहरु बताउँछन् । आकाशले ३० वटा साईकल प्रयोग गरि भारतबाट ट्रकका ट्रक चिनी नेपाल ल्याउने गरेका छन् भने २ वटा मोटरसाइकल हार्डवेयरको सामग्री बोक्नलाई प्रयोग गरेका छन् । यस बापत आकाशले मात्रै प्रहरी चौकी दुर्गौलियालाई १ लाख ५० हजारको मासिक नजराना बुझाउने गरेको श्रोतको भनाई छ । यस्तै अर्का कारोबारी राजु खाँन प्रहरी चौकी पिपरहियालाई मिलाएर २० वटा साइकलमा चिनी र हार्डवेयरका सामग्री तस्करी गरि नेपाल पुर्याउने काममा लागेका छन् । पिपरहियालाई नै मिलाएर समसुद्धिनले खसीको तस्करी, दाढी र गुड्डुले चिनिको काम गर्ने गरेका छन् ।

पिपरहिया र दुर्गौलिया मात्र हैन शसस्त्र प्रहरीको जिल्ला मूख्यालय रहेको स्थानबाट नै भारत तिलहवाका अफरोजले कपडा र हार्डवेयरको समान निर्धक्क रुपमा नेपाल भित्रयाउने गरेका छन् । उनले हाँकाहाकी प्रहरी र शसस्त्र प्रहरीलाई मिलाएर काम गरेको दावी गर्छन । यस्तै डण्डा क्षेत्रबाट नै काम गर्ने कारोबारीहरु पियाउ, दुर्गेश, सलमान पनि तस्करीमा सक्रिय रहेको नाम हो ।

तस्करीको लागी उर्वर भूमि मानिने रुपन्देहीको मूख्य नाका बेलहियाबाट पनि महाविर, दिपेश, गुलाब लगायतका ब्यक्ति सक्रिय रुपमा तस्करीमा संलग्न छन् । भगवानपुर क्षेत्रका नामूद तस्करको रुपमा रहमत अलीको नाम आउछ । रहमतले कारोबार नगरेको कुनै सामाग्री नै छैन भन्छन अवैध कारोबारीहरु । पहिला चल्लाको तस्करी गर्ने रहमत अहिले जिल्लाकै ठूलो कारोबारीको रुपमा गनिने गरेका छन् । उनले जे गरे पनि ठूलो परिमाणमा गर्ने गरेका छन् । अहिले कपडा र हार्डवेयरको तस्करीमा रमाएका रहमतलाई प्रहरीले पनि राम्रै साथ दिएको श्रोतको दाबी छ ।

नेपाल प्रहरी मात्र हैन । सीमा क्षेत्रमा रहेका नेपाल प्रहरी संगै शसस्त्र प्रहरीको पनि उत्तिकै सहयोग हुन्छ तस्करहरुलाई । लकडाउनमा दुईटै प्रहरी निकायको दररेट बढेको तस्करहरु बताउँछन् । पहिला एउटा साइकलको दररेट २ हजारसम्म हुने गरेकोमा अहिले प्रहरीले रेट बढाएर ५ हजार सम्म पु¥याएको उनिहरुको गुनासो छ ।

लाजै लाग्ने गरि रुपन्देहीमा तस्करी बढेपनि रुपन्देही प्रहरी भने यो कुरा मान्न तयार छैन । ‘हामीले प्रायः चौकीहरुमा नयाँ ब्याचको प्रहरी सहायक निरिक्षक खटाएका छौं ।’ रुपन्देही प्रहरी प्रवक्ता डिएसपी खडक बहादुर खत्रीले भने ‘पूरानो प्रहरीबाट कतै भयो होला तर, नया खटाईएकाहरु पैसा लिन्छन भनेर म मान्न तयार छैन ।’ खड्काले चाडपर्वको बेला केही अवैध कारोबार बढेको स्विकार्दै यस्ता कारोबारलाई निरुत्साहित गर्न प्रहरी लागि गरेको दावी गरे । उनले दैनिक प्रहरीले अवैध सामग्री समातेर जिल्ला ल्याउँदा यहाँ समान राख्ने ठाउँ नै नभएको बताए ।

सबै काम प्रहरीकै भनेर बुझ्दा पनि कारोबार बढेको हुन सक्ने खड्काको भनाई छ । ‘अवैध समान आएकै छ, नेपालमा खपत भएकै छ, यस्तो अवश्थामा राजस्व अनुसन्धान लगायत अन्य अनुगमन गर्ने निकायले पनि आफ्नो जिम्मेवारी बुझी दिएर अवैध कारोबार घटाउन सकिन्छ ।” खडकाले भने । प्रहरले जति सुकै दावी गरे पनि तस्करीको प्रत्यक्ष अनुभव गर्नु छ भने भैरहवाको भुजौली, केवटलिया, गल्लामण्डी र एक पटक मर्चवार पुगेर आउनुपर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।