ताजा अपडेट »

२९४२ जनामा कोरोना संक्रमण, २३२६ संक्रमित डिस्चार्ज

आइतबार, ०२ कार्तिक २०७७, १७ : ०१
2 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप २९४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी २९४२ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २३२६ संक्रमित डिस्चार्ज भएका छन् । कुल निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । यस्तै कोरोनाबाट थप १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।