ताजा अपडेट »

कोरोना अस्पतालमा बुटवलका थप एक संक्रमितको मृत्यु

आइतबार, ०२ कार्तिक २०७७, १५ : ५७
8 Shares

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–३ का ६५ वर्षीय पुरुष रहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार ती पुरुषमा ज्वरो, प्रेसर, कलेजोमा समस्या र स्वासप्रश्वासमा समस्या रहेको जानकारी दिए । भदौ २७ गते कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका ती पुरुषको आइतबार बिहान ११ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।