२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

दाङ । देउखुरीमा टिप्परको ठक्करबाट छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । टिप्परको ठक्करबाट देउखुरीको गढवा गाउँपालिका–१ जुराउनी निवासी २४ वर्षीया जमुना कुमालको मृत्यु भएको छ ।

आइतबार दिउँसो पौने १ बजेतिर पूर्वतर्फ जाँदै गरेको रा १ ख २०२१ नम्बरको टिपरले साइकलमा भालुवाङतर्फ आउँदै गर्दा ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट बुबा ५७ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन्। जमुनाको उपचारका लागि लमहीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी नायव निरीक्षक नन्द पोख्रेलले जानकारी दिएका छन । दुर्घटनामा घाइते बुद्धिरामको लमहीमा उपचार रहेको छ ।

घटनास्थल पूर्वपश्चिम राजमार्गअन्तर्गत भालुवाङ बजारदेखि एक किलोमिटर पूर्व अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं। ८ मा भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले बताएको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने