बुटवल । रुपन्देहीमा कालो पोशाक, निधार र हातमा कालो पट्टी बाधेर स्वतस्र्फुत रुपमा विरोध स्वरुप शान्तिपुर्ण मौन प्रर्दशन गरेका छन् । शनिबार सैनामैनाको मुर्गिया चोकमा बालिका तथा हरेक पीडित महिलाहरुको न्यायका लागि युवायुवती, महिला अधिकारकर्मी लगायतले विरोध स्वरुप पर्दशन गरेका हुन् ।
उनीहरुले देशमा बलात्कारका घटनाहरु बढिरहेकाले आफूहरु सुरक्षति नरहेको बताउँदै सरकारले बलात्कार सम्बन्धी कडा कानून बनाउन माग गरेका छन् । अभियानको नेतृत्व गरिरहेकी प्रियंका भण्डारीले समाजमा बलात्कार रोक्नका लागि सरकारले कडा भन्दा कडा कानून बनाउने पर्ने बताइन् । इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गिया अगाडि करिब ३५ जना युवतीहरुको सहभागितामा भएको विरोध पर्दशनमा युवाहरुले पनि साथ दिएका थिए ।
उनीहरुले अब त ‘अत्ति भयो, अझै कति सहने, स्टप रेप, तिमी कपडाको कुरा गर्छौ, आफ्नो सोचलाई कहिले फेर्छौ । व्यक्तिलाई के दोष दिन्छौँ, यहाँ असली बलात्कारी त कानुन हो । सहमती बिनाको यौन सम्पर्क स्वीकार छैन ’ लगायतका प्ले कार्ड बोकेका थिए ।
प्रतिक्रिया