ताजा अपडेट »

‘होम आइसोलेशन’मा मृत्यु भएकाहरुको सव व्यवस्थापन गर्न सरकारले नसक्ने !

आइतबार, ०२ कार्तिक २०७७, १३ : ३२
6 Shares

बुटवल । कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम नगरेको भन्दै आलोचना खेपिरहेको सरकारले फेरी अर्को विवादास्पद निर्णय गरेको छ । सरकारले संक्रमितहरुको मृत्यु हुने संख्या बढेपछि सव व्यवस्थापन गर्न नसकिने बताउँदै होम आइसोलेशनमा रहेका संक्रमितको मृत्यु भएमा परिवारले नै व्यवस्थापन गर्नु पर्ने मापदण्ड तयार पारेको छ ।

स्वास्थ्य मन्त्रालयले ‘कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७७’ दोस्रो संशोधन गर्दै उक्त निर्णय गरेको हो । पछिल्लो समय धेरै संक्रमितको मृत्यु हुँदा शव व्यवस्थान गर्न कठिनाई भएको भन्दै सरकारले परिवारले नै शव व्यवस्थापन गर्ने गरी मापदण्ड तयार गरेको हो ।

संक्रमितको घरमै मृत्यु भएको अवस्थामा परिवारले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नु पर्ने भनिएको छ । त्यसपछि परिवार र अन्तिम संस्कारमा सहभागी हुनेहरूले सजकता अपनाइ शवको अन्त्यष्टि गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।