२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

मकवानपुर : मकवानपुरको थाहानगरपालिका–९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति  कार्य शुरु भएको छ ।चन्द्रागिरि नगरपालिका–४ र ७ मा हाल चार किलोमिटर क्षेत्रमा चट्टान फोरी सडकलाई फराकिलो गर्ने काम भइरहेको छ ।

Advertisement

थानकोट–चित्लाङ–गणेशमान मार्ग सरोकार समितिका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य रमा आलेमगरका अनुसार उक्त सडकमा ढल निर्माणका साथै ग्राभेल हाल्ने काम आगामी वर्षको वैशाखसम्म सम्पन्न हुनेछ । उक्त सडकको स्तरोन्नति गर्न सङ्घीय सरकारले रु १३ करोड उपलब्ध गराएको छ ।  दोस्रो चरणमा उक्त सडकलाई कालोपत्र र ढलमा स्ल्याब निर्माण गर्ने कार्यका लागि वाग्मती प्रदेश सरकारले छुट्टै बजेट उपलब्ध गराउने मगरले बताए।

चित्लाङदेखि कुन्छालसम्म जोड्ने करीब १० किलोमिटर सडकलाई पनि फराकिलो बनाउँदै कालोपत्र गर्ने काम पनि धामाधम भइरहेको छ । केही साताभित्रै कुन्छालदेखि चित्लाङ सम्मको सडकखण्डमा साना सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको मगरले उल्लेख गरे ।   

चित्लाङ–थानकोट सडकको स्तरोन्नति गरिएपछि मकवानपुरको हेटौँडा र दामन, पालुङबाट मौसमी तरकारी, फलफूल, खाद्यान्न, इन्धन र औषधिलगायत सामग्री ढुवानी गर्न सहज हुने थाहानगरपालिकाका नगरप्रमुख लवशेर विष्टले बताए। थानकोट–चित्लाङ सडकखण्डमा दुई दशकअघि कच्ची ट्र्याक खोलेर हल्का सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…