ताजा अपडेट »

कोरोना विशेष अस्पतालमा बुटवलका एक संक्रमितको मृत्यु

आइतबार, ०२ कार्तिक २०७७, ११ : ३३
6 Shares

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय पुरुष रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

ती पुरुष असोज १ गते लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए । उनको शनिबार साँझ मृत्यु भएको सूचना अधिकारी गौतमले जानकारी दिए । ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।