१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले गाँजा फडानी गर्ने अभियानलाई तिब्रता दिएको छ । समुदाय-प्रहरी साझेदारी अवधारण अनुसार प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमीचौर स्थित बिभिन्न ठाउँमा भएको अवैध गाँजालाई फडानी गर्नुका साथै नष्ट समेत गरेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक रुद्रनाथ सापकोटा र सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्म गुल्मीबाट सशस्त्र प्रहरी नायव निरीक्षक बिरबहादुर महतराको कमाण्डमा खटिएको टोलीले ८ क्वीन्टल गाँजाका बोटहरु नष्ट गरेको छ । प्रहरीले सिमीचौरका २ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रेका २२ सय अवैध गाँजाका बोटहरु फडानी गरी स्थानीय जनप्रतिनिधिको रोहोवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए ।

पछिल्लो सयम यता लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि त्यसको अन्त्य गर्नको लागि अभियान संचालन गरेको पन्तले बताए । मान्छेमा चेतना नभएका कारण वा कतै बुझ पचाएर गाँजा खेती फस्टाइरहेकाले बिस्तारै सवै स्थानमा सबैको सहयोगबाट गाँजालाई मुक्त गरिने प्रहरी नायव उपरीक्षक (डिएसपी) पन्तले बताए ।

गाउँमा पशुचौपाय विरामी हुदा गाँजा खुवाउँदा ठिक हुने भएकाले गाँजाको वोट हुर्काउने प्रचलन रहेको छ । तर पशुचौपायका लागि भन्ने बहाना मात्रै भएको भन्दै प्रहरीले फडानी गर्दै आएको छ ।
जिल्लामा व्यवसायीक रुपले गाँजा खेती भने गरिएको पाइएको छैन । औषधी बनाउन तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजा अर्थात भाँगोको प्रयोग गर्ने गर्दछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण