ताजा अपडेट »

रुपन्देहीबाट गएको स्कार्पियो उदयपुरमा दुर्घटना, ५ जनाको मृत्यु

आइतबार, ०२ कार्तिक २०७७, ०८ : ३४
2 Shares

बुटवल । रुपन्देहीबाट गएको स्कार्पियो उदयपुरको कटारी-१४ मा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ३ जना घाइतेलाई प्रहरीले उद्धार गरेर कटारीस्थित अस्पतालमा पठाएको छ ।

भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कर्पियो गएराती १ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले बताए । दुर्घटनामा परी ओखलढुंगा मानेभञ्ज्याङ-९ का ४६ वर्षीय रामबहादुर सार्की र २७ वर्षीय कर्मे सार्कीको मृत्यु भएको छ । मृत्यु हुने अन्य ३ जनाको सनाखत भएको छैन ।

सिद्धिचरण राजमार्गमा पर्ने भदौरे भिरबाट स्कोर्पियो खस्दा ३ जना घाइते भएका छन् । घाइते हुनेमा रुपन्देहीका घर भएका चालक २८ वर्षीय पवन खड्का, ओखलढुंगा मानेभञ्ज्याङ-९ की १८ वर्षीया कल्पना सार्की र ३३ वर्षीया कुमारी सार्की छन् । प्रहरीका अनुसार अनुसार चालकको अवस्था गम्भिर छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।