ताजा अपडेट »

बुटवलमा शनिबार थपिए ६० जना संक्रमित

शनिबार, ०१ कार्तिक २०७७, १९ : ३४
8 Shares

बुटवल । बुटवल उपमानगरमा शनिबार ६० जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी वडा नम्बर ११ मा १२ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै बुटवलमा संक्रमित हुनेको संख्या २ हजार ५ जना पुगेको छ ।

बुटवल स्वास्थ्य शाखाकाले गराएको जानकारी अनुसार बुटवलमा हाल ९ सय ११ जना संक्रिय संक्रमित रहेका छन् भने १ हजार ९४ जना निको भएका छन् । सबैभन्दा बढी संक्रमित भएको वडा नम्बर ११ मा ४१० जनामा २ सय ३६ जना निको भएका छन् भने १७४ जना सक्रिय संक्रमित रहेका छन् । यसैगरी नम्बर १ मा ११ जना, २ मा ४ जना ३ मा ६६ जना, ४ मा ८९, वडा नम्ब ५ मा १८ जना, ६ मा १२० जना, ७ मा ७१ तथा ८ मा ७३ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी वडा नम्बर १० मा ५३ जना, १२, १३ र १४ मा क्रमशः २१, ४५, ९ जना रहेका छन् भने १५, १६ र १९ नम्बर वडामा ५/५ जना सक्रिय संक्रमित रहेका छन् । १८ नम्बर वडामा एक जना पनि संक्रमित छैनन् भने १७ नम्बर वडामा ४ जना सक्रिय संक्रमित रहेका छन् । ८० जनाको वडा खुलेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।