ताजा अपडेट »

रोटरी रुपन्देहीद्वारा तिलोत्तमाका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

शनिबार, ०१ कार्तिक २०७७, १५ : ५९
2 Shares

तिलोत्तमा । रोटरी क्लब अफ रुपन्देहीले कोभिड–१९ बाट सुरक्षित रहन सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । क्लबले तानसेन सिमेण्टको सहयोगमा अटोमेटिक सेनिटाइजर डिस्पेन्सर मेशिन हस्तान्तरण गरेको छ । कोभिड–१९ बाट सुरक्षित रहन सामाजिक दायित्व अन्तर्गत केहि समय यता अभियाननै चलाएको क्लबले सोही अनुसार शनिबार तिलोत्तमा स्थित इलाका प्रहरी कार्यालय मंगलापुरमा एक थान मेशिन,एक कार्टून साबुन,२ सयबढी मास्क र ५ लिटर सेनिटाइजर प्रदान गरेको क्लबका अध्यक्ष गौतम भुषालले जानकारी गराए ।

वडा नं.७ का अध्यक्ष दुर्गाप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष सुरज खत्री,पूर्व अध्यक्ष देवानन्द पाण्डे,कोषाध्यक्ष पुरुषोत्तम गैरे ,सचिव कृष्ण गौतम लगाएतको उपस्थिति रहेको थियो । सो अवसरमा इप्रका मंगलापुरका प्रमुख प्रहरी नायब निरिक्षक रोम केसीले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि फ्रन्टलाइनमा रहेका सुरक्षाकर्मीलाई क्लबले सहयोग गर्दै थप हौसला बढाएको बताउँदै सबै मिलेर संक्रमणबाट बच्न र बिरुद्ध लाग्न आग्रह गरे ।

क्लबको सामाजिक दायित्व अन्तर्गत रहेर कोभिड–१९ विरुद्ध स्वास्थ्य सचेतना र सामग्री प्रदान गर्ने अभियान अन्तर्गत तानसेन सिमेण्टको सहकार्यमा यस अगाडि बुटवलको बसपार्क,इप्रका कार्यालय,लुम्बिनी प्रादेशिक अस्पताल लगाएतका स्थानमा अटोमेटिक सेनिटाइजर डिस्पेन्सर स्थापना गरिसकेको र अन्य स्थानमा पनि प्रदान गर्ने क्लबका अध्यक्ष भुषालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।