ताजा अपडेट »

गुल्मीमा मासुको नयाँ मूल्य कामय, खसी बोका प्रतिकिलो ७६०

शनिबार, ०१ कार्तिक २०७७, १४ : २५
16 Shares

गुल्मी । गुल्मीका व्यवसायीले दशैँको मुखैमा मासुको नयाँ मूल्य कायम गरिएको छ । मासु व्यवसायी संघ गुल्मीले मासुको दर रेट परिमार्जन गरेको हो । संघका अनुसार वृद्धि गरिएको नयाँ मूल्य जिल्लाभर लागू हुनेछ । नयाँ मुल्य अनुसार खसीबोकाको मिक्स मासु प्रतिकिलो ७६० रुपैयाँ पर्नेछ । ब्रोइलर कुखुराको मासुको मूल्य भने झन् ओरालो लागेको छ ।

परिमार्जित मूल्य अनुसार अब ब्रोइलर कुखुराको मासु प्रतिकिलो रु २४० रुपैयाँमा पाइनेछ । उपभोक्ताले अब जिउँदो माछालाई प्रतिकिलो ४०० रुपैयाँ र डि फ्रिज गरेको माछाको भाउ ३५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।

यसैगरी राँगापाडा र बंगुरको मासु ३८० रुपैयाँ प्रतिकिलो कायम गरिएको मासु व्यवसायी संघ गुल्मीका अध्यक्ष पूर्णबहादुर श्रेष्ठले जानकारी गराए । तोकिएको मूल्य कार्यान्वयन नगर्ने जो कसैलाई कारबाही गरिने संघले जनाएको छ ।

प्रत्येक एकादशी र वर्जित गरिएको दिनमा मासु काट्न र बिक्री–वितरण नगर्न समेत भनिएको छ । जिल्लामा खसीबोकाको मासुको मूल्य बढ्दो क्रममा छ भने ब्रोईलर कुखुराको भाउ झन्झन् घट्दो क्रममा देखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।