ताजा अपडेट »

बुटवलबाट एक दर्जन जुवाडे रङ्गे हात पक्राउ

शनिबार, ०१ कार्तिक २०७७, १३ : ४२
6 Shares

बुटवल । ईलाका प्रहरी कार्यालय, बुटवलले एकैदिन दुई ठाउँमा छापामारी एक दर्जन जुवाडेहरुलाई पक्राउ गरी कारबाही अगाडी बढाएको छ । उनीहरूको साथबाट एकलाख बढी नगद र केही बुक तास समेत फेलापारेको प्रहरीले जनाएको छ ।

बुटवल उपमहानगरपालिका-७ सुख्खानगरबाट शुक्रबार दिउँसो तास खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । दिउँसो घरमा तास खेलिरहेको अवस्थामा उनीहरू रंगे हात पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिं राठौरले जानकारी गराए । तास खेलिरहेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरी टोलीले करिब ६५ हजार नगद र तास सहित ५ प्रकाउ गरेको उनले जानकारी गराए ।

त्यसैगरी प्रहरीले बुटवलको मैनाबगरमा रहेको लुम्बिनी स्टाफ होटलबाट तास खेलिरहेका ७ जना जुवाडेलाई नगद ४५ हजार सहित पक्राउ गरेको छ । दशै-तीहारको समयमा जुवा तास लगायतका अवैध गतिविधिलाई निगरानीमा राख्दै कारबाही अभियान चलाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका जुवाडेहरूलाई जुवा ऐन अन्र्तगत मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।