२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको भीमदत्त नगरपालिका १५ निम्बुखेडा स्थीत अतिक्रमणको चपेटमा परेको जग्गा फिर्ता भएको छ । सुकुम्बासी भूमिहनि बस्दै आएको विश्वविद्यालयको जग्गा फिर्ता भएको हो ।

Advertisement

विश्व विद्यालयको जग्गामा डेढ दशक देखि बस्दै आएका ४२ परिवारले सात विगाह जग्गा फिर्ता गरेका छन । विसं २०६९ सालमा तत्कालीन महेन्द्रनगर विकास समितिले विश्वविद्यालयलाई उक्त जग्गाको स्वामित्व दिएको थियो ।

वास्तविक सुकुम्बासीको लगत सङ्कलन गर्ने, बसोबासका लागि पहल गर्ने, वैकल्पीक व्यवस्थापनका लागि सम्बन्धीत निकायमा पहल गर्ने, जमिन भोगचलन गर्दै आएका मजदुरको आयआर्जनका लागि विभिन्न सीपमूलक, आयमूलक रोजगारीका कार्यक्रम सञ्चालन गर्ने लगायतका भीमदत्त नगरपालिका, विश्वविद्यालय र मजदुरबीच सहमती भएपछि जग्गा फिर्ता गराईएको बताईएको छ ।

गहुँ खेतीका लागि विश्वविद्यालयको जग्गामा बस्दै आएका प्रति परिवारलाई रु सात हजार पाँच सय रकम उपलव्ध गराउने सहमती समेत भएको छ ।

सुकुम्बासी अगुवा पार्वती दुलाले विश्वविद्यालयको जग्गामा बस्दै आएका परिवारको जीविकोपार्जन र बसोवासको व्यवस्था मिलाउने सहमतीपछि जग्गा छाडिएको बताइन्।

विश्वविद्यालयको विकासका लागि सबैको सहयोग रहेको उनले बताइन्। “घरबार विहीन परिवारको उचित पुर्नस्थापनको कार्य समेत गरिनु पर्छ”,उनले भनिन्। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले सुकुम्बासी, भूमिहीन परिवारले विश्वविद्यालयको जग्गाको संरक्षण नगरेको भए भू माफियाहरुले कब्जा गरिसक्ने बताए । “जग्गा फिर्ता गरेकोमा तपाईहरु धन्यवादका पात्र हुनुहुन्छ”, नगरप्रमुख बिष्टले भने ।

प्रतिकृया दिनुहोस्

Flash News

मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन कपिलबस्तुको सिद्धार्थ रिसोर्टमा तीज विशेष कार्यक्रम हुने, सहभागीलाई पुरस्कार !