ताजा अपडेट »

दुर्गामूर्ति बनाउन र बेच्न भ्याई–नभ्याई ( फोटो फिचर)

शनिबार, ०१ कार्तिक २०७७, १२ : ३९
51 Shares

परासी । आजबाट दशैं पूजाअर्चना गर्नुपर्ने भएकाले विगतको जस्तै यस वर्षपनि मूर्तिकारलाई मूर्ति बनाएर बेच्न भ्याई–नभ्याई भएकोे छ । आज घटस्थापना भएकाले जिल्लामा विभिन्न टोल तथा गाँउपिच्छे पूजा समिति गठन गरी दूर्गा भवानीको मूर्ति राख्ने गरिन्छ । नवरात्रभरी देवीको पूजा हुने भएकाले घटस्थापना सुरु हुनुअघि नै ३० वटा मूर्ति बनाइ सकेको र आज साँझसम्ममा गाउँ (गाउँमा पुगिसक्ने पाल्ही नन्दन (५विष्णुपुराका मूर्तिकार रामप्यारे मौर्यले बताए ।

मूर्ति बनाएरै जिविकोपार्जन गर्न सकिने मोर्यको भनाइ छ । एउटा मूति २० हजारदेखि २५ हजारसम्ममा बिक्री वितरण हुने गरेको र सिजनमा खर्च कटाएर ३ लाखसम्म आम्दानी भएको उनले बताए। मूर्ति बनाउने काममा अरु काम भन्दा बढि समय लाग्ने र घटस्थापनाभन्दा पहिले नै मूर्तिहरु निर्माण गरिसक्नुपर्ने भएकाले तयार भैसकेको र अवस्थामा तिहार लक्षित मूर्तिहरु बनाउने तयारी गरेको मौर्यले बताए। पाल्ही नन्दन गाउँपालिका ५कै अर्का मूर्तिकार धर्मेन्द्र हरिजनले कुनैपनि बाहिरी कारिगर नराखी सपरिवार मिलेर ११ वटा देविका मुर्तिहरु बनाएका छन्।

माटो नेपालको भएपनि अन्य सजावटका सामग्रीहरू र रङ्ग भारतीय बजारमा उपलब्ध हुने भएको र लकडाउनका कारण सिमाना बन्द हुँदा समस्या भोग्नु परेको बताए। यसवर्ष सिमाना बन्द हुँदा नेपाली मूर्तिहरुले राम्रो बजार पाएको बताए। पाल्ही नन्दन १का अनिल कोहारलाई पनि विगत चारवर्षदेखि यो पेशामा लागेको र यस वर्ष ३५ वटा मूर्तिहरु अहिले बनाएको बताए । भारतीय कालिगढ झिकाएर राम्रो मूर्ति निर्माणका लागि छ महिना लाग्ने भएपनि छोटो समयमै मूर्ती तयार गरी दिनुपर्ने भएकाले भएकाले आफूहरु दिन रात नभनी मूर्ति निर्माणमा जुटेर तयार परेको कोहारले बताए ।

उनकै घरमा मूर्ति लिन पुगेका रामग्राम (१० नदवाका कम्लेश कोहारले गतवर्ष जस्तो यस वर्ष भिडभाड नगरी सामाजिक दुरी कायम रहने र देविको आस्था समाजमा रहिरहोस् भन्दै देविको मुर्ति लिन आएको बताए। नवदुर्गा भगवती, सरस्वती, लक्ष्मी, कुमार र गणेश तथा तिनीहरुका वहानहरु तयार पारेका छन्। मूर्ति बास , काठ, पराल र काठको धुलो लगायतका सामग्रीबाट मूर्तिहरु निर्माण गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।