ताजा अपडेट »

नेपालबाट यस वर्षको मनसुनको बहिर्गमन

शनिबार, ०१ कार्तिक २०७७, १० : १८
4 Shares

काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ ।  गत जेठ ३० गते (१२ जुन) देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि बाहिरिएसँग मौसम घमाइलो हुँदै गएको छ । 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते (अक्टोबर १)  नै  बहिर्गमन भएको थियो । आजदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले आज विशेष बुलेटिन निकालेर जनाएको छ  ।

नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन् । गत वर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।