ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा वन कार्यालयका कर्मचारी घुससहित पक्राउ

शनिबार, ०१ कार्तिक २०७७, १० : ००
6 Shares

बुटवल । रुपन्देहीको सब डिभिजन वन कार्यालय मुर्गियाका कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । कार्यालयका वन रक्षक प्रेमचन्द्र विकले काठ ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस रकम लिइरहेका बेला शनिबार रङ्गे हात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोक बुटवल कार्यालयको टोलीले बिकलाई १२ हजार घुस रकमसहित पक्राउ गरेको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी गराएका छन् । रुपन्देहीको सैनामैना–६ कलौनी चोकबाट आज विहान ८.५० को समयमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।