ताजा अपडेट »

लुम्बिनी प्रदेशका प्रवक्ता तथा मन्त्री चौधरीलाई कोरोना

शनिबार, ०१ कार्तिक २०७७, ०८ : १७
6 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री चौधरीले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।

आफ्नो पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताउँदै उनले आफूसँग सम्पर्कमा आएका सबैलाई सजकता अपनाउन आग्रह गरेका छन् । त्यस्तै श्रीमती द्रोपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी ड्राईभर यमवहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको मन्त्री चौधरीले जनाएका छन् ।

संक्रमित ५ मध्ये मन्त्री चौधरीलाई रुघा लागेको छ भने अन्य ४ जनालाई कुनै लक्षण नदेखिएको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।