२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ ।

Advertisement

आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । आज घटस्थापना गर्ने शुभसाइत बिहान ११ बजेर ४६ मा रहेको पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।

यस वर्ष शुभसाइतमा हनुमानढोका दरबारमा रहेको दसैं घरमा घटस्थापना गरिने भएको छ।

दसैंमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजाआराधना गरिन्छ। बिहान नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा विधिपूर्पक राखेर त्यसमा जौ, धान र मकै छरेर जमरा राख्ने गरिन्छ।

प्रतिकृया दिनुहोस्

Flash News

आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु