१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

काठमाडौँ । कूल ४५० मेगावाट क्षमताको किमाथाङ्का अरुणको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको तयारीका लागि क्षेत्र निर्धारणको काम अगाडि बढाइएको छ । 

Advertisement

प्रदेश नं १ को सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजना निर्माण हुन लागेको छ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले सो आयोजना निर्माण गर्न लागेको छ । अरुण नदीमा निर्माण हुने आयोजनाको प्रभावित क्षेत्रको वातावरणमा पर्ने प्रभावका बारेमा सात दिनभित्र आवश्यक जानकारी दिन आग्रह गरिएको छ । 

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनसम्बन्धी क्षेत्र निर्धारण गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक, सामािजक एवं सांस्कृतिक तथा आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भन्ने विषय पत्ता लगाउन खोजिएको विद्युत् उत्पादन कम्पनी लिमिटेडले जनाएको छ । 

आयोजना प्रभावित क्षेत्रका गाउँपालिका वा नगरपालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको राय सुझाव लिन आवश्यक भएकाले सार्वजनिक सूचना प्रकाशन भएको मितिले सात दिनभित्र राय सुझाव दिन भनिएको छ । 

आवश्यक राय सुझाव विद्युत् उत्पादन कम्पनी र एनइए इन्जिनीयरिङ कम्पनी लिमिटेडमा आवश्यक राय सुझाव दिन भनिएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका– २ भएर बग्ने अरुण नदीमा ७० मिटर अग्लो बाँध निर्माण गरिनेछ । 

सो बाँधका कारण अरुण नदीमा ०.३३८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १०३ लाख घन मिटर क्षमताको जलाशय बन्नेछ । पानीको डिजाइन बहाव करिब १४३ घनमिटरप्रति सेकेण्ड र करिब ३८० मिटरको कूल हेड प्रयोग गरी वार्षिक करिब दुई हजार ४९८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन गर्ने गरी आयोजनाको डिजाइन गरिएको छ । 

बाँधस्थलबाट ६ हजार ७१५ मिटर तल्लोतर्फ जमिनमुनी बनाइने विद्युत्गृहमा भूमिगत पेनस्टक पाइपमार्फत पानीलाई ६ वटा टर्वाइनमा खसाली विद्युत् उत्पादन गरिनेछ । विद्युत् उत्पादन पश्चात् करिब ७०० मिटर लामो टेलरेस टनेलबाट पानीलाई पुनः अरुण नदीमा नै छाडिनेछ । 

आयोजनाका संरचनास्थलमा पुग्नका लागि करिब २२ किलोमिटर लामो पहुँचमार्ग निर्माण तथा उत्पादित विद्युत् प्रसारणका लागि विद्युत्गृहबाट प्रस्तावित हाइटार सवस्टेशनसम्म करिब १८.५ किलोमिटर लामो प्रसारणलाइन समेत निर्माण गरिनेछ । आयोजनाका अधिकाशं संरचना मकालु बरुण राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा बन्नेछन् । 

एनइए इन्जिनीयरिङ कम्पनीका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले केही दिन पहिले कुराकानीका क्रममा किमाथाङ्का अरुणलगायत एक हजार मेगावाट क्षमता बराबरका आयोजनाको अध्ययन सकिएको र सीमित काममात्रै बाँकी रहेको बताएका थिए । 

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण