ताजा अपडेट »

४३९२ जनामा कोरोना संक्रमण, ३५२२ संक्रमित डिस्चार्ज

शुक्रबार, ३० असोज २०७७, १६ : २९

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी ४ हजार ३९२ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५२२ संक्रमित डिस्चार्ज भएका छन् । कुल निको हुनेको संख्या ८८ हजार ४४ पुगेको छ । यस्तै कोरोनाबाट थप २१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।