ताजा अपडेट »

इप्रका बुटवलका प्रहरी हवल्दार दम्पत्ति ४ लाख घुससहित पक्राउ

शुक्रबार, ३० असोज २०७७, १६ : १६
10 Shares

बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमती ४ लाख घुससहित पक्राउ परेका छन् । प्रहरी हवल्दार शिव चन्द्र सहानी र श्रीमती निर्मला केवटले सेवाग्रहीबाट घुस रकम लिदै गर्दा अख्यितयार दुरुपयोग अनुसन्धान अयोग, बुटवलले पक्राउ गरेको हो ।

रुपन्देहीको सियारी गाउँपालिका-७ बाट शुक्रबार दिउसो उनीहरुलाई पक्राउ गरेको अख्यितयार बुटवल प्रवक्ता सुरेश भुषालले ग्लोबल आवाजलाई जानकारी दिए । एक आरोपितलाई धरौटिमा छुटाउने भन्दै घुस रकम मागेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।