२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

नवलपरासी । भारतीय केराका कारण पश्चिम नवलपरासीमा उत्पादित केराले बजार नपाएको भन्दै आज नवलपरासी केरा उत्पादक संघले प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक मार्फत ज्ञापनपत्र प्रधानमन्त्रीलाई पठाएका हुन् । विश्व महामारीको रूपमा देखिएको कोभिड–१९ ले गर्दा यस जिल्लामा केरा किसानहरूले उत्पादन गरेको केरा खेतमा तयारी अवस्थामा हुदाहुँदै छिमेकी राष्ट्र भारतबाट दैनिक रूपमा नेपालमा आयात भइरहेको हुदाँ नवलपरासीमा करोडौं लगानी गरेका किसानहरू चिन्तित भएको प्रधानमन्त्रीलाई अवगत गराउन चाहान्छौ ज्ञापनपत्रमा भनिएको छ।

साथै ज्ञापनपत्रमा अविल्म्ब भारतीय केराको आयात रोकेर नेपालमा उत्पादन गरेको केराको बजार व्याव्थापन गर्न र नेपाली केराको उचित मूल्य तोकेर नेपाली केरा किसानहरूलाई टेवा पुर्याउन हुन समेत अनुरोध गरिएको छ। कार्तिक ३ गते सम्ममा समस्या समाधान नभएको खण्डमा भारतबाट आयात हुने केरा बोकेका भारतीय केराका गाडी नियन्त्रणमा लिई किसानहरूले आवश्यक कारबाही गर्नुका साथै सडक आन्दोलन गरी भारतीय केराका गाडी आगजनी गर्न समेत बाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। कृषि मन्त्रालयलाई आवश्यक कारबाही गरिदिन, क्वारेन्टाइन चेक पोष्ट भैरहवालाई आयात हुने केरा रोक्न, र जिल्ला कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीलाई बोद्धार्थ गराईएको छ।

पश्चिम नवलपरासीमा अहिले १७ सय विगाहामा केरा खेती हुने गरेको छ । लकडाउन लम्बिदै जाने र केराको बजार व्यवस्थापनमा सरकारले ध्यान नदिदा करौडौको नोक्सान हुने केरा केरा उत्पादन संघका जिल्ला अध्यक्ष लख्खु यादवले बताए ।जिल्लामा अहिले लोजिनाई, नन्दन, रावेस्टा नाम भएका केरा करिव ४ सय विगाहामा तयारी अवस्थामा रहेको अध्यक्ष यादवले बताए । जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा वार्षिक चार हजार २०९ मेट्रिक टन केरा उत्पादन हुँदै आएको यहाँको केरा पोखरा, काठमाण्डौं, बुटवल, दाङ, नारायणघाट लगायतका क्षेत्रहरुमा विक्री हुने गर्दछ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै