ताजा अपडेट »

करदाता कार्यालय पाल्पामा अत्यावश्यक बाहेकका सेवा बन्द

शुक्रबार, ३० असोज २०७७, १५ : ४७
6 Shares

पाल्पा । एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि कर दाता कार्यालय पाल्पामा अत्यावश्यक बाहेक अन्य सबै सेवा स्थगित गरिएको छ ।

शुक्रबार एक सूचना जारी गरि कर्मचारी कोरोना संक्रमित भएकोले सेवा प्रदायक कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै अनलाइन र मेलबाट हुन सक्ने काम तथा अत्यावश्यक बाहेका सेवा बन्द गरिने कार्यालयले जनाएको छ । अन्य कर्मचारीहरुको पनि रिपोर्ट नआउञ्जेलसम्मका लागि सेवाप्रवाह स्थगित गरिएको कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।