ताजा अपडेट »

रुपन्देहीका ५० साइक्लिष्टको सामुहिक बिमा

शुक्रबार, ३० असोज २०७७, १५ : ३३
6 Shares

बुटवल । रुपन्देही जिल्ला साइक्लिङ संघका सदस्यहरुको सामुहिक दुर्घटना बिमा गरिएको छ । शुक्रबार एक समारोहका बीच संघका अध्यक्ष पुकार थापा र प्रभु इन्स्योरेन्स लिमिटेडका शाखा प्रमुख रोहिणी श्रेष्ठका बीच पहिलो चरणमा ५० जना साइक्लिष्टको सम्झौता गरिएको हो ।

संघका अध्यक्ष थापाले साइकलमैत्री सडक नहुदा दुर्घटनाको सम्भावना बढी भएको बताउँदै पहिलो चरणमा ५० जनाको बिमा गरिएको बताए । जिल्लाको साधारण सभासँगै सदस्यता खुल्ला र सामुहिक दुर्घटना बिमा गरिएको अध्यक्ष थापाले बताए । बिमाङ्क रकम २ लाख रहेको बिमाको पोलिसि अनुसार जोखिम रकम उपलब्ध हुने उनले बताए । लकडाउनको समयमा साइकल क्रेज र साइक्लिष्टहरुको संख्या बढेको भन्दै संघका वरिष्ठ उपाध्यक्ष धिरन तुलाधरले साइकलमैत्री पुर्वाधार र विकासमा संस्थागत रुपमा लागेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।