ताजा अपडेट »

प्रदेश नं १ मा थप ६५४ जनामा कोरोना सङ्क्रमण पुष्टि, नौ जनाको मृत्यु

शुक्रबार, ३० असोज २०७७, १४ : ३३
10 Shares

मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र ते-हथुमका दुई/दुई जना रहेका छन् । योसँगै यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार ६४६ जनाको पिसीआर परीक्षणमा २४१ महिला र ४१३ पुरुष गरी कूल ६५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् । यसरी कोरोना सङ्क्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका २२५ सहित ३२६, सुनसरीका २०९, झापाका ७४, सङ्खुवासभाका नौ, उदयपुरका चार, भोजपुर, ते-हथुम, इलाम र ताप्लेजुङका दुई/दुई जना तथा प्रदेश बाहिरका २४ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार २६९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३२६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पाँच हजार ३३९ पुगेको छ । अहिलेसम्म एक लाख ४२ हजार ५२३ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।