ताजा अपडेट »

दुई प्रतिवादी पक्राउ

शुक्रबार, ३० असोज २०७७, ११ : २०
4 Shares

कञ्चनपुर । वनपैदावार हानी नोक्सनी मुद्दामा अदालतबाट दोषी ठहर भएका कृष्णपुर नगरपालिका–१ का २६ वर्षीय दीपक बुढालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतबाट बिनाइजाजत वन पैदावार हानी नोक्सानी मुद्दामा दोषी ठहर भई फरार भएका बुढालाई प्रहरीले लुकीछिपी बसेको बेला घरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका बुुढालाई अदालतमा उपस्थित गराई अदालतको फैसलाअनुसार भएको जरिवाना रु २३ हजार ९५१ सुनाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । कारवाहीका लागि बुढालाई अदालतमा उपस्थित गराइएको उनको भनाइ छ ।

यसैगरी चोरी मुद्दामा वारदातदेखि फरार रहेका शुक्लाफाँटा नगरपालिका–२ बस्ने २६ वर्षीय अठ्ठा भनिने भुपेश बमलाई भीमदत्त नगरपालिका–४ बाट प्रहरीले बिहीबार पक्राउ गरेको छ । आवश्यक कारवाहीका लागि कञ्चनपुर जिल्ला अदालतमा बुझाइएकामा अदालतको फैसलाअनुसार तोकेको रु ५० हजार धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।