ताजा अपडेट »

महानगरद्वारा वेसाहाराको उद्दार

शुक्रबार, ३० असोज २०७७, ११ : ११
4 Shares

विराटनगर । विराटनगर महानगरपालिकाले नगरका सडकमा बेसहाराभै कठिन जीवनयापन गरिरहेका १२ सडक मानवलाई बिहीबार उद्दार गरेको छ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले विराटनगर–९ स्थित पुरानो गुद्री आसपास क्षेत्रमा बस्दै आएका बेसहारालाई उद्दार गरे ।

विराटनर सडकलाई बेसहारा मानवमुक्त बनाउने अभियानअनुरुप सडकपेटीमा बस्दै आएकालाई उद्दार गरिएको हो । यसरी उद्दार गरिएकालाई विराटनगर–१० मा रहेको मानव सेवाआश्रममा लगिएको छ । यसभन्दा अगाडि विराटनगर महानगरले २० जनाको उद्दार गरिसकेको छ ।

लागुऔषध प्रयोगकर्ता र घरबारविहीन भएर बेसहारा जीवन बिताइरहेकाको पहिचानसहित बस्ने स्थानसमेत छनोट गरिएको छ । लागुऔषध दुव्र्यसनीमा फसेर सडकमै आएकालाई सुधारगृहमा लगिएको छ । उद्दार गरिएकामध्ये दुई जनालाई विराटनगर–३ मा रहेको लिवर्टी नेपालमा लगिएको बताइएको छ ।

नगरप्रमुख पराजुलीले यो अभियानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताउँदै बेसहारा मानिसको उचित व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग सहकार्य गरी प्रत्येक वर्ष रु २५ लाख दिने गरेको जानकारी दिए ।

ज्येष्ठ नागरिक ग्राम निर्माणबारे छलफल

प्रदेश नं १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिक ग्राम निर्माणबारे छलफल शुरु गरेको छ । ग्रामथानका जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे छलफल गरेको हो । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा ज्येष्ठ नागरिक र मानव सेवाग्राम निर्माण गर्ने भएको छ ।

ज्येष्ठ नागरिक ग्राममा रहने चिल्ड्रेन पार्कको निर्माण ग्रामथान गाउँपालिकाले गर्नुपर्ने छ । १० बिघा १४ कठ्ठामा निर्माण गरिने ज्येष्ठ नागरिक ग्रामको डिपिआरलगायत काम सम्पन्न भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले भवन निर्माणको शिलान्यास चाँडै गर्ने गरी मन्त्रालयले काम अघि बढाएको जानकारी दिँदै परियोजना निर्माण शुरु भएपछि अवरोध भए निर्माणले गति लिन सक्दैन भने । उनले ज्येष्ठ नागरिक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई नलेज पार्कका रूपमा विकास गरिने बताए । प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास, गाउँपालिका अध्यक्ष शिवनारायण माझीलगायतले परियोजना कार्यन्वयनमा जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।