ताजा अपडेट »

तिलोत्तमाका एक संक्रमितको मृत्यु, रुपन्देहीमा मृत्यु हुनेको संख्या ४६

शुक्रबार, ३० असोज २०७७, ०८ : ३५
2 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा-२ का ६७ वर्षिय पुरुषको आज विहान मृत्यु भएको हो । गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनलाई २५ गतेबाट आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

४ दिन आईसोलेसनमा बसेको उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनको आज बिहान ७ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । आज मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।