२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022


परासी । जिल्ला बजार अनुगमन समितिले आज पश्चिम नवलपरासीको बर्दघाटका विभिन्न बजारमा अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिको नेतृत्वमा गएको टोलीले मापदण्ड विपरीत बस्तु विक्री वितरण गर्ने व्यापारीलाई जरिवाना गरेको छ ।

Advertisement

सो बापत रु एक लाख ८० हजार राजस्व संकलन भएको छ । उपभोक्ताको सूचनाको आधारमा अनुगमन टोली त्यहाँ पुगेको थियो । अनुगमन टोलीले बर्दघाट वडा नं.१,४ र ७ का किराना, हार्डवेयर,फेन्सी लगायतका नौ वटा पसलहरुमा अनुगमन गरेको हो भने बर्दघाट–१२ चौपत्तामा गत असोज २५ गते गरिएको अअनुगमनको क्रममा शिल गरिएको सुर्य मसला उद्योगले सवै मापदण्ड पुरा गरेपछि आज शिल खोलिएको छ ।

उद्योगलाई तोकिएको रु ६० हजार जरिवाना भुक्तान गरेको तथा आवश्यक सम्पूर्ण कागजात पेश गर्नुका साथै साईनबोर्ड राखेको र प्याकेजिङको पनि अनुमति लिएकोले उद्योगमा लगाईइको शिलबन्दी आज स्थानीय वडाका जनप्रतिनिधि,प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिको रोहबरमा खोलिएको सहायक प्रमुख जिल्ला अधिकारी माझिले बताए ।

अनुगमन टोलीले आज मापदण्ड विपरीत वस्तु विबदक्री वितरण गरी उपभोक्ता ठगि गरेको अभियोगमा बर्दघाट–७ का एञ्जेल्स एण्ड एलेक्स फन्सी, जिमिरेभार टेडर्स र श्रीकृष्ण ईन्टरप्राईजेजलाई रु ६० हजारका दरले जरिवाना गरिएको सहायक प्रजिअ माझिले बताए ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार, सुरक्षाकर्मीसहितको उक्त टोलीले अनुगमन गर्दा बर्दघाट–१ को बाल्मिकि स्टोर्समा मूल्यसूची नभएको, म्याद गुज्रेका सामान छुट्टै नराखेको पाईएको थियो । उक्त पसलबाट बोत्तलमा विक्री गरिरहेको अवस्थामा दश बोत्तल पेट्रोल तथा म्याद नागेका पेप्सी एक बोत्तल, जुस, ट्वालेट क्लीनर जफत गरी नष्ट गरिएको छ ।

बर्दघाट–७ का जिमिरेभार टेडर्सबाट लेभल नभएका मह, म्याद गुज्रेका कम्पेलेन, गुल्कोज लगायतका वस्तु जफत गरि नष्ट गरिएको छ । मूल्यसूची अपडेट नभएको तथा साईनबोर्ड पनि नभएको र म्याद गुज्रेका वस्तु विक्री वितरण गरेकोले रु ६० हजार जरिवाना पनि गरिएको टोलीले जनाएको छ । सोही स्थानको एञ्जेल्स एण्ड एलेक्सी फेन्सीले अनुमति नलिई फेन्सी, जुत्ता, चप्पल खरिद विक्री गरेको पाईएपछि पुँजी वृद्धि गर्न सचेत गराउँदै रु ६० हजार जरिवाना गरिएको छ ।
यस्तै जिमिरेभारकै श्रीकृष्ण ईन्टरप्राईजेजमा म्याद नाघेका कलर पेन्ट र लेभल नभएका ताडपिन तेल फेला पारी नष्ट गर्नुका साथै रु ६० हजार जरिवाना गरेको छ । उक्त पसलबाट म्याद नाघेका कलर टेन्ड विस लिटर, डाँफे ईनामेल आठ डिब्बा, पशुपति ईनामेल पन्ध्र डिब्बा, ताडपिन दश लिटर लगायत जफत गरिएको थियो ।

सोही स्थानको जिसी हार्डवेयरमा पनि अनुगमन गर्दा लेभल नभएको २० लिटर ताडपिन तेल जफत गरी नष्ट गरिएको छ । बर्दघाट–४ को रम्भादेवी सप्लायर्सले मूल्यसूची नराखेको, साईनबोर्ड नभएको, उपभोक्तालाई विल नदिने गरेको, म्याद गु्रजेका सामान छुट्टै नराखेको पाईएपछि सुधार गर्न सचेत गराईएको अनुगमनमा सहभागि घरेलु तथा साना उद्योग कार्यालयका लल्लन कुर्मीले बताए । उक्त पसलबाट म्याद नाघेका ३३ प्याकेट किसमिस, नरिवल एक केजी, सूर्ति दुई प्याकेट जफत गरी नष्ट गरिएको छ । सोही स्थानको केशव दाजुभाई फेन्सीलाई दर्ता प्रमाणपत्र देखिने गरी फे्रममा राख्न निर्देशन गरिएको छ । सोही स्थानको रुपक एण्ड विनोद मदिरा पसलले उपभोक्तालाई विल नदिने गरेकोले सचेत गराईएको छ । जफत गरिएका वस्तुहरु ईलाका प्रहरी कार्यालय बर्दघाटमा स्थानीयवासी र पत्रकारको रोहबारमा नष्ट गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट अटो रिक्सामा सवार ३ जनाको मृत्यु, एक घाइते मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन