ताजा अपडेट »

बुटवलमा स्कूटर जलाउने युवाहरु विरुद्ध मुद्दा

विहीबार, २९ असोज २०७७, १७ : ४४
20 Shares

बुटवल । प्रदेश राजधानीको विषयलाई लिएर विरोध प्रदर्शन गर्दै सरकारी स्कूटी जलाउने ४ जना युवालाई प्रहरीले निगरानीमा राखी अनुसन्धान अघि बढाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ ब २४७० नम्बरको स्कूटर जलाई आपराधिक उपद्रो गरेको अभियोगमा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

निगरानीमा पर्नेहरुमा बुटवल-११ बुद्धनगरका २५ वर्षिय भेषराज पोख्रेल, देविनगर बस्ने ३५ वर्षका रोशन थापा, तिलोत्तमा नगरपालिका २ बस्ने २८ वर्षिय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा पढ्ने ३० वर्षका सुरज क्षेत्री रहेको प्रहरीले जनाएको छ । उनीहरुले गत असोज १६ गते बुटवल–११ देविनगरको होराइजन चोकमा सरकारी स्कुटि जलाएका थिए । उनिहरुलाई अपराधिक उपद्रवको मुद्दा दर्ता गरी कानूनी दायरामा ल्याई अनुसान्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीको स्कूटर रोकी धाक-धम्की दिने दुई जना युवालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । पक्राउ पर्नेहरुमा देवदह नगरपालिका-४ का वसन्त रेग्मी र सोही ठाउँका वसन्त खास रहेका छन् । रुपन्देहीको देवदह-५, खैरेनी कचहरा पुल माथी बसन्त रेग्मी र भुवन खासुले डिउटीमा जाँदै गरेका प्रहरीको स्कूटर रोकी स्कूटी फुटाईदिउ भन्दै धाक धम्की समेत दिई जबरजस्ती लाईसेन्स बिलबुक माग्ने काम गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।