२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आज खोलामा डुबेर भुपू प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नं ८ का ५० बर्षीय कमलसिंह ठगुन्नाको छहरी खोलामा डुबेर मृत्यु भएको हो ।

Advertisement

“बिहान घरबाट निस्केका ठगुन्ना खोलामा डुबेको भेटिएका हुन”, उनले भने, “घटनाको प्रारम्भिक अनुसन्धानले मृतकले मादकपदार्थ सेवन गरेको बुझिएको छ ।” प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

अभियुक्तलाई कर्तव्य ज्यान मुद्धा

शुक्लाफाँटा नगरपालिका–८ मा भाउजु हत्याको अभियोगमा पक्राउ परेका २६ वर्षीय देवर मानसिंह खुनालाई कर्तव्य ज्यानमा मुद्धा चलाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । अभियुक्त खुनाले स्थानीय गौडी खोलाको डिलमा भाउजु ३५ वर्षीया कलावतीदेवी खुनाको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“अभियुक्त देवरलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्धा चलाएर दश दिन म्याद थप गरेका छौं”, प्रहरी नायब उपरीक्षक थापाले भने, “घरायसी विवादले हत्या गरेको देखिन्छ ।” गत मंगलबार खोलामा माछा मार्न गएकी खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला पारेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…