ताजा अपडेट »

अर्घाखाँची सिमेन्टद्वारा नि:शुल्क ३५ हजार बढी मास्क वितरण

विहीबार, २९ असोज २०७७, १६ : २१
10 Shares

बुटवल । अर्घाखाँची सिमेन्ट प्रालिले रुपन्देहीको सियारीमा निःशुल्क ३५ हजार थान मास्क वितरण गरेको छ । प्रालिले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै ‘कोरोना भाइरसबाट बच्न मास्कको प्रयोग गरौं’ भन्ने नाराका साथ बुधबार र बिहीबार गरी छुट्टा छुट्टै स्थानमा गरी ३५ हजार बढी एननाइटी फाइभ मास्क वितरण गरेको हो ।

मास्क वितरण गर्दै प्रा.लि.का महाप्रबन्धक उद्धवबहादुर कार्कीले कोरोना भाइरसको सम्भाव्य जोखिमबाट बच्नका लागि साबुन पानीले नियमित हात धुनुका साथै हिँडडुल गर्दा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । प्रालिका बजार व्यवस्थापक निलकण्ठ खनाल, पर्चेज म्यानेजर अनिल कुमार गुप्ता, विरचन्द यादव लगायतले मास्क वितरण गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।