२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

दाङ । सामाजिक सञ्जाल इमोमार्फत लट्रि पर्यो भनेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका ५ निवासी दुई जना महिलालाई इमोमार्फत चिठ्ठा प¥यो भनेर गठी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिका–६ निवासी १८ बर्षीय सुमन झा, रौतहट जिल्ला गोनाही–६ निवासी ५० बर्षीय सोनालाल ठाकुर र पर्सा जिल्ला विरगंज महानगरपालिका १६ नगवा बस्ने १८ बर्षीय राजनारायण चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिएका छन । यहि असोज २२ गतेका दिन पीडित महिलाले इमोमार्फत चिट्ठा प¥यो भनेर आफुलाई ठगी गरेको भनेर जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि दाङ प्रहरीले खोजतलाका क्रममा उनीहरुलाई पक्राउ गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले रौतहट प्रहरीको सहयोगमा दुई जना र पर्सा प्रहरीको सहयोगमा एक जनालाई पक्राउ गरेको थियो । उनीहरुले ठुलो धनराशीको प्रलोभन देखाई आईएमई तथा विभिन्न व्यक्तिगत बैंक खातामार्फत त्रिसठ्ठी हजार रुपैयाँ रकम पठाउन लगाएका थिए । उक्त रकम पठाईसकेपछि पनि पुन : फोन, म्यासेज, भ्वाईकलका माध्यमबाट थप रकम पठाउन बारम्बार आग्रह गरेपछि महिलाहरुले आफु ठगिएको महसुश गरेर प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

त्यही निवेदनको आधारमा प्रहरीले अनुसन्धान अघिबढाउँदा रौतहट र पर्सा जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख चन्दले बताए । ‘लट्रिलगायतका प्रलोभन देखाएर गठी गर्ने व्यक्तिहरु सक्रिय रहेका छन्, त्यस्ता व्यक्तिहरुबाट बच्नका लागि फेसवुक, भाईबर, इमो, ह्वाटस्एप, मेसेन्टर, ट्वीटरलगायतका सामाजिक सञ्जालमा पठाएका गलत मेसेज, सूचना खोल्दै नखोल्नुहोस’–प्रहरी प्रमुख चन्दले भने– ‘त्यस्ता मेसेजहरु ठग्ने उद्देश्यले आएका हुन सक्छन, बरु त्यस्ता मेसेज कसैले पठाएमा प्रहरीलाई खवर गर्नुहोला ।’

प्रहरी प्रमुख चन्दले लट्रिका आशामा धेरै पीडित भएको हुन सक्ने भएपनि बाहिर आएको घट्ना भने जिल्लामै यो पहिलो भएको बताए । पक्राउ परेका व्यक्तिहरुलाई सात दिनको म्यादथप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश