२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

धरान । होम आइसोलेशनमा बसेका धरान उपमहानगरपालिका–९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ । गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

Advertisement

अस्पताल पुर्याइएको केही समयमा नै राति साढे ११ बजे उनको मृत्यु भएको वडा नं ९ का वडाध्यक्ष रत्न कटवालले जानकारी दिए । उनका अनुसार मृतकलाई बुधबार अपराह्न नै अक्सिजन कमी भएर समस्या भएको थियो । उनलाई यहाँस्थित प्रतिष्ठानमा अपराह्न नै उपचारका लागि लैजाने पहल गरिए पनि अक्सिजन भएको शय्या अभावमा लान सकिएको थिएन । शय्या खाली नभएपछि अक्सिजन किनेर घरमै राखिएको थियो । राति झन् गाह्रो भएपछि उनलाई प्रतिष्ठान लगिएको थियो । उनलाई आठदश दिनदेखि ज्वरो आए पनि तीन दिनअघि मात्र रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै, प्रतिष्ठानमा उपचाररत तेह्रथुम दाङपा –१ का ४९ वर्षीय एक पुरुषको पनि बुधबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा अशिष श्रेष्ठले जानकारी दिए । उनलाई यही असोज २५ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । असोज २६ गते कोरोना पोजेटिभ भएपछि उनलाई कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।

धरानमा होम आइसोलेशनमा बसेकाहरुको मृत्युदर बढ्दै गएको छ । अक्सिजन कमी भएर समस्या हुन थालेका सङ्क्रमितको प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटर मात्र नभई सामान्य अक्सिजन शय्यासमेत अभाव भएपछि घरमै मृत्यु भइरहेको छ । अक्सिजन पट जोडिएको शय्या नौ वटा मात्र रहेको प्रतिष्ठानले जनाएको छ । नयाँ जडान गरिएको ६ भेन्टिलेटर पनि बिग्रिसकेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट अटो रिक्सामा सवार ३ जनाको मृत्यु, एक घाइते मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन