१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

महोत्तरी । महोत्तरी जिल्लाको भारतीय सीमावर्ती सम्सी गाउँपालिकाले कृषि उत्पादन वृद्धिको सङ्कल्प लिएको छ । बुधबार सम्पन्न सम्सी गाउँपालिकाको पाँचौँ गाउँसभाले ‘समृद्ध सम्सीको आधार, पशुपालन र अन्नबालीको भण्डार’ भन्ने मुख्य नारा पारित गर्दै कृषि उत्पादन वृद्धिको सङ्कल्प लिएको हो ।

Advertisement

सम्पन्न गाउँसभाले चालू आर्थिक वर्ष २०७७/७८ का लागि रु ४६ करोड २३ लाख ३९ हजार ५४० को बजेट पारित गरेको छ । सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान, प्रदेश सरकारबाट वित्तीय समानीकरण र सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान, बहुक्षेत्रीय पोषण कार्यक्रम, आन्तरिक स्रोत परिचालन र गत वर्षको मौज्दातसहित शीर्षकमा गरी गाउँसभाले अनुमानित बजेट पारित गरेको हो ।

विभिन्न शीर्षकमा खर्च गर्ने गरी पारित कूल आयमध्ये कृषिलाई उच्च प्राथमिकतामा राखेर चालू खर्च ४० प्रतिशत र पूँजीगत खर्च ६० प्रतिशत विनियोजन गरिएको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुखले जानकारी दिए । लामो समयसम्म राजनीतिक खिचातानी र अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतबीच असमझदारी बढ्दा गाउँपालिकाको सबैजसो काम रोकिँदै आएको थियो । अब सबै पक्षबीच उच्चतम राजनीतिक समझदारी तथा जनप्रतिनिधि र कार्यालयबीच समन्वय गरेर गाउँसभाको सङ्कल्प पूरा गरिने अध्यक्ष फारुखको भनाइ छ ।

“हाम्रो पहिचान र बिशिष्टता कृषिमै खोज्नेछौँ, हाम्रा प्रयत्न सबै कृषिका लागि समर्पित हुनेछन्”, गाउँसभा सम्पन्न भएपछि अध्यक्ष फारुखले उत्साहित हुँदै भने, “हाम्रा गाउँबस्ती अब अन्नबालीको भण्डार र दूध तथा मासुजन्य आहारको मुख्य थलो बन्नेछन् ।” भारतसँग आवतजावत र व्यापारिक कारोवारको पनि जिल्लाकै मुख्य नाकामध्ये नै मानिने सम्सी यसपालि कोभिड–१९ सङ्क्रमण सन्त्रासले गाँजेको ठाउँ हो । जिल्लामा हालसम्मका कूल सङ्क्रमित एक हजार ६०३ मध्ये ३०० भन्दा माथि सम्सी गाउँपालिकाभित्रकै रहेको पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण