२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

चौतारा । चीन जोड्ने उत्तरी सिन्धुपाल्चोकको नाका तातोपानीमा बुधबारदेखि सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापना गरिएको छ । गत असार २९ को मन्त्रीपरिषद्को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितीमा भोटेकोसी गाउँपालिका वडा २ तातोपानीमा ‘बोर्डर आउट पोष्ट’ स्थापना गरिएको हो ।

बिओपीको लागि तत्कालिन सीमास्थित सशस्त्र प्रहरी बल २२ नं गुल्म हेडक्वाटर (राजश्व–भन्सार गस्ती सुरक्षा) को एक ब्यारेक, शौचालय, भवन प्रयोगमा ल्याइएको छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय छेउमा राखिएको बिओपीले सीमा सुरक्षामा गस्ती गर्नेछ ।

बुधबार नायब महानिरीक्षक श्रेष्ठसँगै सशस्त्र प्रहरी उपरीक्षक अर्जुन खत्री, नेपाली सेना झिर्पू सुरक्षा गुल्मपति सेनानी ईश्वर गिरी, सीमा प्रहरी चौकी कोदारी प्रहरी निरीक्षक नवराज सापकोटासहित उच्च सुरक्षा अधिकारीको उपस्थिती थियो ।

सशस्त्र प्रहरी तातोपानी ‘बिओपी’ सशस्त्र प्रहरी निरीक्षक केशवकुमार श्रेष्ठकाअनुसार सीमासुरक्षासम्बन्धी महत्वपूर्ण जिम्मेवारी पाएको बिओपीले दैवी प्रकोप उद्धारकार्यमा खट्नेछ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग