ताजा अपडेट »

चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा योजना

विहीबार, २९ असोज २०७७, १० : ५१
6 Shares

नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा योजना बनाएको जनाएको छ । चाडपर्वको बेला हुन सक्ने घटनाहरू र आपराधिक किर्याक्लापलाई केन्द्रित गरी बिगत १५ दिनदेखि अडियो क्लिप तथा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको प्रहरी नायव उपरीक्षक राजु लामाले बताए।

साथै जिल्लामा हुनसक्ने गुण्डागर्दी, चोरी, लुटपाट, झैझगडा जस्ता किर्याक्लाप नियन्त्रणका लागि जिल्लाभित्र ७ वटा मोबाइल गाडी, ५ वटा ग्रामिण गस्ती, र २१ वटा अन्य प्रहरी गस्ती टोली खटाइएको छ। चाडपर्वको बेला सवारी साधन ओभर स्पिड, ओभर लोड, माका पदार्थ सेवन वा झुण्डिएर गर्ने यात्रा रोकथामका लागि ट्राफिक प्रहरी सहितको गस्ती टोली राजमार्गमा खटाइएको छ। जिल्लाभर २७ स्थानमा ट्राफिक प्रहरी पिलेसेर तथा चेकिङ ड्युटी खटाइएको छ। आपराधिक किर्याक्लापको बारेमा खबरहरू संकलन गर्न २५ जना प्रहरी अधिकृत तथा जवाहरूको १० वटा विषेश टोली खटाइएको छ।

जिल्ला भित्र कुनै स्थानमा अति आवश्यक भएमा तुरून्तै जिल्ला प्रहरी कार्यालय परासी र इलाका प्रहरी कार्यालय बर्दघाटमा २र२ वटा रिजर्व तथा स्टाइकिङ टोली तयारी अवस्थामा राखेको छ । सिमा रक्षाका निम्ति पैदल तथा सवारी साधनमा ७ वटा प्रहरी टोली खटाइएको छ। महिला, बालबालिका, जेष्ठ नागरिक आदि व्यक्ति समस्यामा परेमा जिल्ला प्रहरी कार्यालय परासी र इलाका प्रहरी कार्यालय बर्दघाट र बेलाटारीमा एक टोली खटाइएको छ। यात्रुलाई सहायता गर्न तोनवा, ज्यामिरे, भुमही, बर्दघाट टि.सि.एन चोक र महेशपुर चोकमा गरी ५ वटा स्थानमा यात्रुलाई सहायता कक्षा स्थापना गरिएको छ।

यसरी जिल्लामा दशै, तिहार, छठपर्वको समयमा जनताको जिउ, धनको सुरक्षा गर्न जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटहरू बाट ४८४ जना प्रहरी जनशक्ति परिचालन गरिएकोप्रहरी नायव उपरीक्षक लामाले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।